सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार ११:२५ 
  • गलकोट, ३१ चैत । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।

    जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ । सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

    कोरोनाका कारण केही ढिला गरी बागलुङमा परिचयपत्र दर्ताको काम शुरु भएको थियो । अहिले जिल्ला प्रशासनबाट मात्रै दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडाबाटै तथ्याङ्क सङ्कलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

    “अहिले जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्रको दर्ता शाखाबाट काम शुरु भएको हो, सरकारले देशभर परिचालन गर्न थप ५९ कर्मचारी खटाएको छ, केही महिनामा वडास्तरबाटै काम शुरु हुनेछ”, गौतमले भन्नुभयो, “हालसम्म प्रशासनमा नागरिकता तथा राहदानी बनाउन आउनेले मात्रै परिचयपत्रका लागि आवेदन दर्ता गराएका छन् ।” धेरै विवरण सङ्कलन गर्नुपर्ने भएकाले प्रशासनबाट एक जनाको विवरण सङ्कलन गर्दा झण्डै ३० मिनेट समय लाग्ने प्रशासकीय अधिकृत गौतमको भनाइ छ । दश अङ्कको व्यक्तिगत परिचय नम्बर उल्लेख गरिने परिचयपत्र जारी गर्ने क्रममा नागरिकका ३० वटाभन्दा बढी व्यक्तिगत विवरण, औँलाको छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन गरिरहेको उहाँको भनाइ छ ।

    राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, करसम्बन्धी अभिलेख, बैंकिङ कारोबार, सामाजिक सुरक्षा परिचयपत्रलगायतमा प्रयोग गर्न सक्ने भएकाले यसको प्रभावकारिता निकै राम्रो हुने सरोकारवाला बताउँछन् । राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य आफ्नो नागरिकता चाहिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.