सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अयोध्याधाममा निर्माणका कार्यहरु तीब्र


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार ११:०२ 
  • माडी ३१ चैत । माडी नगरपालिकाको अयोध्याधाममा राम,सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्तिहरु स्थापना गरिने भएपछिे निर्माणका कार्यहरु तीब्र रुपमा अगाडि बढेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राखिएका मूर्तिहरु आउँदो चैत गते ८ भव्य कार्यक्रमसहित अनावरण गर्ने कार्यतालिका सार्वजनिक भएपछि अवलोकन गर्न आउनेहरुको चहल पहल पनि बढेको छ ।

    चैत ८ गते भव्य कार्यक्रम गरेर मूर्तिहरु स्थापना गरिने भएपछि माडी राजनीतिक दलहरुको सर्वदलीय सहमति र सामाजिक संघ संस्थाहरुको समन्वयमा तयारीका कार्यहरु अगाडि बढिरहेको माडी नगर पालिकाका प्रवत्ता एवम् वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि सहमतिबाट विभिन्न उपसमिति निर्माण गरिएको छ । निर्माण , प्रचार प्रसार, अतिथि सत्कार, मञ्च व्यवस्थापन, पूजा व्यवस्थापन, झाँकी व्यवस्थापन लगायत ११ वटा उपसमितिहरु मार्फत कामहरु भइरहेको अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले जानकारी दिनुभयो ।

    अयोध्याधाममा निर्माणका कार्यहरु अगाडि बढेपछि नगद तथा जिन्सी सहयोगहरु आउन थालेका छन् । सहयोगलाइ व्यवस्थि गर्नको लागि गोल्बल आईएमई बैकमा अयोध्याधाम व्यबस्थापन समितिको नामबाट ः३०१०१००००५०८ खाता सञ्चालन भएको अयोध्याधाम व्यवस्थापन प्रचार प्रसार उप समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।

    चैत ८ गतेको कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नको लागि माडीका विभिन्न सामाजिक संघसंस्थाहरुलाई कसरी समन्वयतात्मक रुपमा परिचालन गर्न भन्ने सम्बन्धमा विभिन्न छलफलहरु भएरहेका छन् । निर्माण कार्य तीब्र रुपमा अगाडि बढेपछि अवलोकन गर्न आउनेहरुको पनि चहल पहल बढेको छ । देशकै गौरवको विषय र समग्र माडी विकाससँग सम्बन्धित विषय भएको हुनाले अयोध्याधाम निर्माण कार्यमा सहयोग गर्न अयोध्याधाम व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले सबैलाई आग्रह गर्नुभयो ।

    माडी अयोध्याधाममा धार्मिक कृतन ७ गतेदेखि नै हुने र चैत ८ गते धार्मिक पुरोहितहरुको सहभागितामा र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्ने कार्यतालिका सर्वजनिक भएपछि शोभायात्राको लागि विभिन्न जात जातिका झाँकीहरु तयार गर्न काममा लागेका छन् भने युवाहरू पनि सक्रिय भएर निर्माण स्थलमा खटिइरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.