सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक कालोपत्र गर्ने काम सम्पन्न


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १०:३८ 
  • भिमेश्वर, ३१ चैत ।  नेपालको स्वीजरल्याड भनेर चिनिने जिरीबजारसम्म पुग्ने सडकखण्डाको चरिकोटबाट नाम्दुबजारसम्म २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।

    सदरमुकाम चरिकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्नका लागि साँघुरो तथा घुमाउरो सानो सडक सुधार गर्ने क्रममा चरिकोटबाट तामोकोशी खण्डका २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ । चरिकोटबाट १७ किलोमिटर तामाकोशी बजार र त्यसपछि नाम्दु बजारसम्म पाँच किलोमिटर गरी २२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । कम्पनीका अनुसार चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक चौडा पारी कालोपत्र गर्ने काम ६६ प्रतिशत भइसकेको जनाएको छ । अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो । लामाका अनुसार केही महिनाभित्रै चरिकोटबाट जिरीसम्म सडक मर्मत सुधार भई भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा आन्तरिक, बाह्य पर्यटक तथा आगन्तुकलाई सहजरूपमा आवतजावत गर्न सकिने बताउनुभयो ।

    चरिकोटबाट जिरीसम्म ५५ किलोमिटर सडक मर्मत सुधार गरी कालोपत्र गर्नेसम्मको काम २०७८ भदौसम्म सम्पन्न गर्ने गरी भारतको उडहिल इन्फास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालका लामा कन्ट्रक्शन कम्पनी लिमिटेडले संयुक्तरुपमा ठेक्का पाएको थियो । हाल सडक खन्ने, चौडा बनाउन, ग्याबीन पर्खाल र नाला बनाउने काम तीव्ररूपमा अगाडि बढ्दै गइरहेकाले ६६ प्रतिशत काम सकिएको लामा कन्ट्रक्शन कम्पनीका प्रबन्धक रवीन्द्र श्रेष्ठले बताउनुभयो । गाह्रो र अप्ठ्यारो स्थानमा गर्नुपर्ने ग्याबिन जाली, सडक चौडा गर्ने काम, कल्भर्ट निर्माण तथा ग्राबेल गर्ने काम धमाधम भइरहेकाले निर्धारित समयमै काम सकिने उहाँको भनाइ छ । “यसै रफ्तारमा काम भएमा समयमा नै काम सक्नेमा कुनै शङ्का छैन, हामी ढुक्क छौँ”, श्रेष्ठले भन्नुभयो । कुनै स्थानमा भिर काट्नुपर्ने र सानो सडकलाई चौडा गर्नुपर्ने निकै कठिन तथा भिरमा जाली राख्नुपर्ने जस्ता काम सकिएको र अब सजिलो काम मात्रै बाँकी रहेकाले आगामी वर्ष यो काम सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ।

    मुडेबाट चरिकोट र चरिकोट बजारसम्मका २६ किलोमिटर सडक कालोपत्र भइसकेको पछि चरिकोट–तामाकोशी हँुदै जिरीसम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भई कालिञ्चोक भगवती मन्दिर, भिमेश्वर मन्दिर, जिरी बजार, च्छ्योरोल्पा हिमतालजस्ता धार्मिक तथा सांस्कृतिक महत्वको स्थानमा पुग्न सहज हुनेछ । लामोसाँघु–जिरी सडक स्वीस सरकारले विसं २०३१ देखि खाडीचौरबाट खन्न शुरु गरेको थियो भने विसं २०३४ मा एकतर्फी मोटर सञ्चालन हुने गरी कालोपत्र भएको स्थानीवासी बताउँछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.