सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दोलखामा जीप दुर्घटना एकै वडाका चार जनाको मृत्यु, १७ घाइते


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १०:२३ 
  • काठमाडौं, ३१ चैत  । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।

    जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, ०२३ च ७५८० नम्बरको जीप अनियन्त्रित भइ करिव १ सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा बिगू गाउँपालिका–३ का चण्डिका थापा, रिता खत्री राधा खड्का र विनोद केसीको घटनास्थलमै मृत्यु भएको हो । जीपमा १० महिने शिशुसहित २२ जना सवार थिए । शिशुको अवस्था सामान्य रहेको र उनलाई परिवारको जिम्मा लगाइसकिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिए ।

    १७ जना घाइतेमध्ये सामान्य अवस्थामा रहेका २ जना उपचारपछि घर फर्किसकेको, १ जनाको चरिकोट अस्पतालमा उपचार भइरहेको र बाँकी १४ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।

    मुढेबाट सिंगटीतर्फ जाँदै गरेको प्रहरी रेकर्डमा भेटिएको तर जीप कहाँ गएर आएको थियो भन्नेबारे जानकारी लिन बाँकी रहेको उनले बताए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्दार हो । बिगू गाउँपालिकाकै स्थानीय जीप भएको र चालक तथा जीप धनी पनि दुर्घटनामा परेको भन्ने सुनेका छौं । सबै उपचाररत छन्,’ इन्स्पेक्टर कोइरालाले  भने, ‘दुर्घटनाकाे कारणबारे अनुसन्धान गर्दैछाैं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.