सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली युवा क्रिकेट टोलीलाई चौधरी ग्रुपको साथ


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १६:५८ 
  • काठमाडौँ ३० चैत । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी गु्रपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक रु ७० लाख उपलब्ध गराउने छ । हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ ।

    यस सम्झौतासँगै अब नेपाली यू –१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ । कार्यक्रममा चौधरी गु्रुपका प्रबन्ध निर्देशक चौधरीले आफनो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग बिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.