सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड : सञ्चारमन्त्री गुरुङ


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १६:२१ 
  • काठमाडौं ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको उल्लेख गर्दै जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

    सामूदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव) का नवनिर्वाचित कार्य समितिलाई सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाईँ ज्ञापन गर्दै उनले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मापदण्ड अनुसार अघि बढने विश्वास समेत व्यक्त गरे ।

    ‘सामूदायिक रेडियोहरु तय गरिएका मापदण्ड अनुसार चल्नुपर्ने हुन्छ,’ मन्त्री गुरुङले भने,‘समूदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न ।’ त्यस अवसरमा उनले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.