सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हत्या, दमनविरुद्ध समाजले अभियान चलाउने


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १६:१३ 
  • काठमाडौँ, ३० चैत । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

    समाजको नुवाकोटमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको सदरमुकाम विदुरमा प्रदर्शनसमेत गरेको छ । समाजको नुवाकोट शाखाले चैत २३ गतेदेखि शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विश्व शान्ति, मानव अधिकार र जलवायु परिवर्तनका विषयमा केन्द्रित रही छ वटा शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम, साङ्केतिक रुपमा नगर तथा नदी सफाइ, शान्ति काव्य प्रवाह र दण्डहीनताविरुद्ध अन्तक्र्रिया कार्यक्रम गरेको उहाँले बताउनुभयो ।

    अन्तक्र्रियामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, सचिव रामप्रसाद जोशी, नुवाकोट सभापति नारायण श्रेष्ठलगायतले शान्ति, लोकतन्त्र र न्यायपूर्ण सामाजिक व्यवस्थाका लागि निरन्तर अभियान चलाउने प्रतिबद्धता जनाउनुभएको थियो । समाज केन्द्रीय कार्यसमिति बैठकले सल्लाहकारमा समाजका पूर्व सभापति होमकान्त चौलागार्इंलाई नियुक्त गरेको छ भने पूर्व सभापति उत्तम पुडासैनी पदेन सल्लाहकार हुनुहुन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.