सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १३:५७ 
  • चितवन, ३० चैत । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो ।

    आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका हुन् । राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै लाइन लागेर टिपरहरु रंगशालामा भित्रिएका थिए ।

    व्यवसायीका तर्फबाट कार्यक्रम संयोजक बनेका तोया लम्सालले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जनस्तरको सहयोगबाट बनेको नेपालीहरुको साझा धरोहर भएकाले यसलाई सकेको सहयोग गर्नुपर्ने बताए । ‘यो महाअभियानमा सबैले सहयोग गर्नुपर्छ भन्ने भावका साथ कयौं किलोमिटर टाढाबाट सकेको सहयोग गर्न यहाँ आएका छौं,’ संयोजक ढकालले भने, ‘हरेक नेपालीबाट सकेको सहयोग गर्न सके रंगशाला बन्न धेरै दिन लाग्दैन ।’

    निर्माण सामग्री बोकेर आएका टिपर चालक र व्यवसायीलाई स्वागत गर्दै धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेले हरेक नेपाली जनताको साझा धरोहर क्रिकेट रंगशाला भएकाले सहयोग गर्नुपर्ने बताए ।

    फाउण्डेशनका अध्यक्ष कट्टेलले आर्थिक स्रोत सहज भएमा अबको केही महिनामा नै रंगशाला तयार हुने बताए । रंगशालामा अहिले स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को प्याराफिटको काम भैरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.