जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको सरुवा
न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १३:५२
चितवन, ३० चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको सरुवा भएको छ ।
उहाँको महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा सरुवा भएको हो । चितवनमा नयाँ ट्राफिक प्रमुखको रुपमा भगवानराज थापा आउनुहुने भएको छ । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट उहाँ सरुवा भएर यहाँ आउन लाग्नुभएको हो ।
उहाँसंगै प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरेको जनाएको छ ।