सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

करेन्ट लागेर एक दम्पत्तीको मृत्यु


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १३:४९ 
  • मकवानपुर, ३० चैत  । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताउनुभएको छ ।

    उहाँका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.