सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी : एमाले नेता नेपाल


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार १३:१२ 
  • वीरगञ्ज २९ चैत । नेकपा एमालेबाट निलम्बित भएपछि समानान्तर कमिटी गठन अभियानमा रहेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्तालाई आउने चुनावमा टिकटको ग्यारेन्टी गरेका छन् ।

    वीरगञ्जमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले संकटको बेला साथ दिएकाहरूलाई टिकट दिइने बताएका हुन् । नेपाल पक्षले शनिवार वीरगञ्जमा भेला गरी बालगोपाल थापाको अध्यक्षतामा एमालेको पर्सा जिल्ला समानान्तर कमिटी गठन गरेको छ ।

    नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिकता केपी ओलीलाई दिए पनि कार्यकर्ताले निराश हुनु नपर्ने र चुनावमा टिकट नपाइएला कि भन्न चिन्ता नलिन आग्रह गरे ।

    उनले अहिले पनि एमाले पार्टी एउटै रहेको र केपी ओलीले आफूहरुमाथि गरेको कारबाही अवैधानिक छ भनेर निर्वाचन आयोगलाई आफूहरुले ओलीका निर्णय बदर गर्नका लागि पत्र बुझाएको बताए ।

    नेता नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई ३ वर्षअघिकै अवस्थामा फर्काइदिने सर्वोच्च अदालतको फैसला विचित्रको भन्दै जन्मिसकेको बच्चालाई आमाको गर्भमा फर्काइदिएको बताए ।

    फागुन २३ अघिनै निर्वाचन आयोगले नेकपाको आधिकारिकता आफूहरुलाई दिएको भए एमाले ब्युँतिए पनि अर्थहीन हुने नेपालको भनाइ थियो । आयोगले बेलैमा निर्णय नदिएर आफूहरुमाथि अन्याय गरेको नेपालले बताए ।

    नेपालले निर्वाचन आयोगले एमाले भइसकेपछि ओलीले गरेका निर्णयविरुद्ध आफूहरुले उजुरी दिदा समेत कुनै निर्णय नगरेकोमा आपत्ति समेत जनाएका छन् ।

    नेपालले भने, ‘पार्टीको कामकारवाहीको विषयमा कुन निर्णय ठिक छ,कुन बेठिक छ भन्ने बारेमा निर्णय गर्ने निर्वाचन आयोग छ । तर अहिलेसम्म कुनै निर्णय आएको छैन । के भन्ने ? कहाँ गएर उजुरी गर्ने ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.