चितवन,२८ चैत । नेपालमा एक सिंगे गैंडाको संख्यामा बृद्धि भएको छ । राष्ट्रिय गैंडा गणना २०७७ को नतिजा सार्बजनिकी करण समारोहका क्रममा नेपालमा गैंडाको संख्या वृद्धि भई ७ सय ५२ पुगेको छ ।
जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४, पर्सा राष्ट्रिय निकुञ्जमा ३, वर्दीया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैंडा भेटिएको जानकारी दिइयो ।
भेटिएका गैंडा मध्ये भाले १ सय ४६ पोथी १ सय ९८ र लिङ्ग नछुटिएका ४ सय ८ गैंडा रहेका छन् ।
वन तथा वातावरण मन्त्रालयका सचिब डा. विश्वनाथ ओलीका अनुसार नेपालमा रहेका गैंडा मध्य वयस्क ५ सय २०, अर्धवयस्क ९६ र बच्चा १सय ३६ रहेका छन् । जस अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ भाले, १ सय ७४ पोथी, लिङ्ग नछुटियको ३ सय ९२ रहेका छन् । यस्तै वयस्क ४ सय ७४, अर्धबयस्क ९५ र वच्चा १ सय २५ रहेको उहाँले जानकारी दिनुभयो ।
पर्सा राष्ट्रिय निकुञ्जमा भाले १, पोथी १ र लिङ्ग नछुट्टिएको एक गैंडा रहेका छन् । यस्तै बयस्क २ र बच्चा १ रहेको सार्बजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । वर्दीया राष्ट्रिय निकुञ्जमा १४ भाले, १९ पोथी र लिङ्ग नछुट्टिएको ५ गरि ३८ गैंडा रहेका छन् । जस मध्ये वयस्क ३१, अर्धवयस्क १ र वच्चा ६ वटा रहेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका १७ मध्ये ३ भाले, ४ पोथी र लिङ्ग पहिचान नभएको १० रहेका छन । ती मध्ये १३ वयस्क र ४ वच्चा रहेको सचिब ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सन २०१५ मा गैंडाको संख्या ६ सय ४५ रहेकोमा वढेर ७ सय ५२ पुगेको हो । चितवनमा ६ स ५ वाट ६ सय ९४, वर्दीयामा २९ वाट ३८ र शुक्लाफाँटामा ८ बाट १७ पुगेको छ । पर्सामा तीनवटानै यथावत रहेको उहाँले जानकारी दिनुभयो ।
यही चैत ९ गते पर्साको प्रतापपुरबाट सुरु गरिएको गणना चैत २७ गते सम्पन्न भएको थियो । वर्दीया राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका क्रममा एक जनाको मृत्यु भएको थियो भने सात जना घाईते भएका थिए । बाघको आक्रमणबाट बर्दीयामा हात्तीसारे पुलिसराम थारुको वाघको आक्रमणबाट मृत्यु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा ध्रुर्वे हात्तीका कारण सात जना घाईते भएका थिए । जसमा एक जना गम्भिर घाईते भई काठमाडौंमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । सन २०१५ को गणनामा नेपालमा गैंडाको संख्या ६ सय ४५ रहेको थियो । जस मध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा रहेका थिए । पर्सामा ३, शुक्लाफाँटामा ८ र वर्दीयामा २९ गैंडा रहेका थिए । गैंडा गणनामा ५७ वटा हात्ती, २ सय ५० जना कर्मचारीले २३ दिन लगाएर गैंडा गणना गरेका थिए ।
चितवन र पर्सा निकुञ्जमा १९ वटा ब्लक, बर्दीयामा ८ वटा र शुक्लाफाँटामा ४ वटा ब्लक निर्माण गरि गणना गरिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महा निर्देशक दिपक खराल, इकोलोजिष्ट हरिभद्र आचार्य, रत्ननगर नगरपालिका प्रमुख नारायण वन लगायतले बोल्नुभएको थियो।