सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशैभर गैँडा गणना सकिंदै, आजै नतिजा सार्वजनिक गर्ने तयारी


  •    न्युजभित्तो/२८ चैत्र २०७७, शनिबार १०:४० 
  • चितवन, चैत २८ । दुर्लभ एकसिंगे गैंडा गणना आज सकिंदैछ । नेपालका गैंडा पाईने निकुञ्ज क्षेत्रमा गरिएको गणना आज सम्पन्न हुन लागेको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चितवनमा हिजो शुक्रबार गणना सम्पन्न भएको भए पनि आज तथ्यांक संकलन गर्ने कार्य जारी रहेको छ । आजै साँझसम्म सम्पूर्ण तथ्यांक संकलन गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि आज गणना सम्पन्न हुँदैछ । पत्रकार सम्मेलन अघि त्यहाँको समेत तथ्यांक आएमा देशैभरको एकै साथ सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “चितवनको आज सार्वजनिक हुन्छ, बर्दिया र शुक्लाफाँटाको तथ्यांक आए मात्रै सार्वजनिक गछौं ।”

    यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । तर, कोरोना महामारीका कारण गत वर्ष गणनाको अन्तिम तयारीको अवस्थामा स्थगन गरिएको थियो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक÷एक गरी गैँडा गनेका छन् ।

    गैँडाको सङ्ख्या, प्रजनन् अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो । गणनापछि यसको अवस्था हेरेर गैंडाको संरक्षण, बासस्थान व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो। गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.