सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुइ स्थानीय तहको केन्द्र परिवर्तन गर्ने सरकारको निर्णय


  •    न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १६:५८ 
  • काठमाडौं २७ चैत । सरकारले दुइ स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा डोल्पा र बाँकेका एक-एक स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय निर्णय गरेको आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनकमा जानकारी गराएका हुन् ।

    जसमा डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र वडा नम्बर तीनबाट वडा नम्बर चारमा र बाँकेको खजुरा गाउँपालिकाको केन्द्र वडा नम्बर चारबाट वडा नम्बर तीनमा परिवर्तन गरिएको हो । बैठकले नेपाल र ओमान सरकारविच पर्यटन क्षेत्रमा सहयोग आदान प्रदान गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले विदेशमा बस्ने नेपाली सुमदायले वा यस समुदायका लागि काम गरिरहेका संघ संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाम सञ्चालन गर्न चाहानेले सम्बन्धित देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालय तहमा माध्यामिक तहसम्मको पठन पाठन सञ्चालनका लागि माग भइ आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृति दिन पाउने पनि निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.