सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘यात्रा’ : मलिकाले देखाइन् सम्भावना, सलिनको अभिनयमा निखारता


  •    /२ बैशाख २०७६, सोमबार १६:३४ 
  • नयाँ वर्ष २०७६ को छेको पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ ले घरेलु बजारमा सन्तोषजनक व्यापार गरिरहेको छ । सँगै प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ ले व्यापारमा ठूलो असर पुर्‍याएको भए पनि फिल्मले बिस्तारै हलमा दर्शकको चाप बढाउँदै लगेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका कारण आइतबारबाट फिल्मको कलेक्सन ग्राफ उकालो लाग्ने निर्माण टिमको आशा छ ।
    आइतबार नयाँ वर्षको विदा भएका कारण बिहानैदेखि देशभर फिल्मले हाउसफुल व्यापार गरिरहेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्सले प्रदान गरेका सोजहरुमा दर्शकहरुकोे उल्लेख्य उपस्थिति देखिएको छ । सम्राट शाक्य निर्देशित यस फिल्ममा युवापुस्तामा लोभलाग्दो क्रेज भएका अभिनेता सलिनमान बनिया लिड रोलमा छन् । यस फिल्मबाट मलिका महतले डेब्यू गरेकी छन् । अहिले दुबैको कामको प्रशंसा भइरहेको छ ।
    डेब्यू फिल्म ‘ए मेरो हजुर २’ मा सलिनमानको अभिनयले दर्शक सन्तुष्ट बनाउन सकेको थिएन । उनको लुक्सकै बढी प्रशंसा भएको थियो । धेरैले उनलाई लुक्सले चलेको हिरोको आरोप पनि लगाए । तर, दोस्रो फिल्म ‘यात्रा’ मा उनले अभिनयमा निखारता प्रदान गरेका छन् । अभिनयमा उनले गरेको मिहिनेत पर्दामा स्पष्ट देखिन्छ । कहीँ कतै डाइलग डेलिभरीमा फिक्का महशुस भए पनि उनको अभिनयले निराश भने बनाउँदैन ।
    फिल्मका लागि उनले अभिनयमा गरेको मिहिनेत साँच्चै तारिफयोग्य छ । फिल्ममा उनको एक्सन पनि जबरजस्त छ । यसका लागि उनले एक्सन सिक्न तीन महिनाको तालिम नै लिएका थिए । नेपालका चकलेटी हिरोहरु लुक्सले मात्र चल्छन्, अभिनय गर्न आउँदैन र अभिनयमा निखारता प्रदान गर्न मिहिनेत नै गर्दैनन् भन्ने आरोपलाई सलिनले धेरै हदसम्म गलत साबित गरेका छन् । यद्यपि, उनले अभिनयमा अझै मिहिनेत गर्नुपर्ने भने देखिन्छ ।
    फिल्ममा पनि उनको चरित्रको नाम सलिन नै हो । एक भ्लगरको भूमिकामा उनी प्रस्तुत छन् । उनलाई रियलमा झैँ फिल्ममा पनि निर्देशक शाक्यले स्टाइलिस रुपमै उतारेका छन् । रिलिजपूर्व सलिनले हेयर स्टाइल र ड्रेसअप परिवर्तन नगरेको भन्दै धेरैले आलोचना गरेका थिए । तर, फिल्ममा उनलाई हेयर स्टाइल र लामा-लामा पहिरन गजबले सुहाएको छ । फिल्ममा उनले निभाएको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ ।
    फिल्मले युवापुस्तालाई आफ्नो लागि मात्र होइन अरुका लागि पनि बाँच्नु पर्छ भन्ने सन्देश दिन खोजेको छ । यस फिल्मबाट डेब्यू गरेकी मलिका महतले पनि राम्रो सम्भावना देखाएकी छन् । उनको स्वभाविक अभिनयले जो कोही उनीप्रति नतमस्तक हुन्छन् । फिल्ममा उनले दृष्टिविहीन युवतीको भूमिका निभाएकी छन् । दृष्टिविहीनको भूमिकालाई उनले सक्दो न्याय गरेकी छन् । कतिपय ठाउँमा उनले बोल्ने संवादहरुले छाती ढक्क फुलाउँछ ।
    फिल्म हेरेर निस्किँदा पनि उनी मन, मस्तिष्क र आँखाबाट हट्दिनन् । अभिनयमा अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछन् । यस फिल्ममा कलाकार रेअर राईको अभिनय बेजोडको छ । अभिनय केही ‘लाउड’ लागे पनि दर्शकलाई हलसम्म बाध्ने सम्पूर्ण जिम्मा निर्देशक शाक्यले उनीमाथि नै सुम्पिएका छन् । फिल्ममा उनले गर्ने हर्कतहरु निकै रमाइला छन् ।
    कलाकार राजाराम पौडेलको ‘कमिक टाइमिङ’ पनि गजबको छ । यस्तै, अभिनेता सलोन बस्नेत पनि आफ्नो भूमिकामा फिट छन् । विषेशगरि कमेडी भूमिकामा रुचाइएका उनले यसमा भने गम्भीर भूमिका निभाएका छन् । जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, विशाल सापकोटाको पनि आ-आफ्नो भूमिकामा फिट छन् । अभिनेता धिरन शाक्यले नेगेटिभ रोल निभाएका छन् । उनी पनि आफ्नो भूमिकामा राम्रो उत्रिएका छन् ।
    Source: www.filmykhabar.com

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.