सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने


  •    न्युजभित्तो/२७ चैत्र २०७७, शुक्रबार १०:५९ 
  • काठमाडौं, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जनाले मन्त्री रहिरहन फेरि सपथ लिनु पर्ने भएको छ।बिहीबार सांसदसँगै मन्त्रीबाट पनि पदमुक्त भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले फेरि सपथ लिनु पर्ने भएको हो।

    उनीहरू फेरि मन्त्री नियुक्त हुन्छन् कि हुन्नन्रु भए भने सपथ कहिले हुन्छ भन्ने टुंगो भएको छैन। फेरि सपथ लिनु पर्ने भएकाले उनीहरू शुक्रबार भने मन्त्रालय जाने छैनन्।

    हामी सपथको खबर कुरिरहेका छौं। प्रक्रिया मिलेपछि सपथ हुन्छ होला,’ पदमुक्त भएका प्रभु साहले भने,‘आज त मन्त्रालय जाँदैनौं।’

    संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ। माओवादी केन्द्र छोडेर आफूसँग आएका उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अब त्यही व्यवस्थाअनुसार मन्त्री बनाउनु पर्ने छ। यसअघि उनले माओवादी छोडेर आएका मणि थापा र दावा लामालाई यही व्यवस्थाअनुसार मन्त्री बनाएका छन्।

    प्रधानमन्त्री ओलीले उनीहरूलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना कम छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अहिलेसम्म नयाँ मन्त्री नियुक्तिको टुंगो भइनसकेको बताए।

    तयारी हुँदै होला,’ उनले भने।

    सामाजिक सञ्जालमा भने थापाले यी चारै जनाले हिजो छविलाल दाहाललाई प्रचण्ड बनाएको भन्दै उनीहरूको प्रशंसा गरेका छन्।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी( केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्पिरिटसाथ लामो यात्रामा अघि बढ्नुभएको छ। उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ,’ उनले लेखेका छन्।

    राष्ट्रपति कार्यालय शितल निवासमा पनि मन्त्रीहरूको सपथका लागि बिहानसम्म कुनै तयारी भएको छैन।

    शितल निवासमा आज सुशोभन समारोह छ। २ बजेसम्म त्यही कार्यक्रम चल्छ होला,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने,‘मन्त्रीहरूको सपथ भयो भने बेलुकातिर हुन्छ। नभए आइतबार होला।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.