सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदीय समितिका सदस्य हेरफेर गर्न कार्यव्यवस्था समितिको बैठक


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १२:५६ 
  • काठमाडौं २६ चैत । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरिदिएसँगै संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न छलफल शुरु भएको छ।

    यसलाई एजेडन्डा बनाएर प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बैठक शुरु भएको छ । बिहान ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ।

    नेकपा एमालेले संसदीय समितिमा रहेका सांसद हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको छ। आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार सदस्य हेरफेर गरिदिन एमालेले आग्रह गरेको हो।

    संविधानको धारा ९७ ले विषयगत समिति गठनको व्यवस्था गरेको छ। समितिमा सदस्यको मनोनयन गर्दा सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा सदस्य निर्धारण गरिन्छ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन्। जसमध्ये दुई संयुक्त समिति छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.