सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १२:३९ 
  • बलेवा, २६ चैत । बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ ।

    यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो । पर्यटकको आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ ।

    मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताउनुभयो । यो स्थानमा पुग्न मध्यपहाडी लोकमार्गको भीमगिठे बजारबाट एक घण्टा जीपको यात्रा गर्नुपर्छ । पदयात्रा गरेर घुम्न चाहनेका लागि पनि यो स्थान आर्कषक गन्तव्य हो । भीमगिठेबाट दुई देखि ३ घन्टामा पैदलयात्रा गर्न सकिने भएकोले एकदिने यात्रा गर्न चाहनेलाई यो मार्ग आर्कषक रहेको स्थानीयवासी गण्डकी थापा अधिकारीले बताउनुभयो ।

    “उच्च स्थानमा रहेकोले पर्यटक आर्कषण गर्न सक्ने स्थान छ”, उहाँले भन्नुभयो, “यहाँ वनभोज स्थलसमेत बनाउन सकेमा वरपरका मानिसलाई भित्र्याउन सकिन्छ । ” पदमार्ग आसपासमा पनि साना होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । भीमगिठेदेखि यात्रा गर्न माथिल्लो स्थानसम्म पुग्दा हरियाली वनजङ्गल, डाडाँकाँडा, र मैदान भेटिन्छ । “पर्यटकका लागि लोभलाग्दो स्थान हो, हामीले व्यवस्थापनका लागि काम गरिरहेका छौं”, स्थानीयवासी पविता थापाले भन्नुभयो्, “मोटरबाटो पुगेकोले पैदल जान नसक्नेलाई पनि सहज बनेको छ ।” गाउँपालिका र वडाले प्रचारको काम थालेपछि दैनिक घुम्ने र वनभोज खाने पुग्न थालेको उहाँले बताउनुभयो । यहाँ पुगेकाहरुले बस्न चाहेको खण्डमा थामचौरमै होटलको आवश्यकता देखिएको स्थानीयवासी लालबहादुर थापाले बताउनुभयो । “बस्न खोज्नेलाई होटल वा टेन्ट बनाउने योजना चाहिएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट बजेट मागेर थप पूर्वाधारका योजना पनि थप्ने लक्ष छ ।” कोरोना महामारीका कारण थला परेको बागलुङको पर्यटन विस्तारै तङ्ग्रिन थालेसँगै नयाँ गन्तव्यको पहिचान र प्रचारप्रसारमा समेत स्थानीय तहले चासो देखाउन थालेका छन् । सन् २०२० लाई नेपाल भ्रमण वर्ष सरकारले घोषणा गर्दा उत्साह छाएको बागलुङको पर्यटनमा कोरोना महामारीले ठूलो असर गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.