सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ चितवनमा लोकतान्त्रिक प्यानलका अधिकारी निर्वाचित


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार ११:०५ 
  • भरतपुर २६ चैत । नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट नारायणप्रसाद अधिकारी विजयी भएका छन् ।

    चितवनमा २७४ मतदाता रहेकोमा विदेशमा रहेकाबाहेक कुल २६६ मत खसेको थियो । जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी प्रेस चौतारी प्यानलका तिलक रिमालले ११२ मत पाएका छन् । यस्तै, स्वतन्त्र प्यानलबाट सूर्यप्रसाद कँडेलले ४ मत प्राप्त गरे ।

    यस्तै, उपाध्यक्षमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट प्रकाशमणि ज्ञवाली निर्वाचित भएका छन् । उनले १३० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रमाकान्त पौडेलले १२४ मत ल्याए । उपाध्यक्षमा स्वतन्त्र प्यानलका विनोदबाबु रिजालको ९ मत आयो ।

    यसैगरी महिला उपाध्यक्षमा पनि लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलकै प्रमिता ढकाल विजयी भएकी छन् । उनले १४१ मत ल्याउँदा प्रेस चौतारी प्यानलकी शान्ता अधिकारी बीले १२२ मत पाइन् ।

    सचिवमा प्रेस चौतारी प्यानलका दीपेन्द्र अधिकारी विजयी बने । उनले १४२ मत ल्याउँदा प्रतिस्पर्धी अनिल ढकालले १२४ मत प्राप्त गरे । चौतारी प्यानलको ११३ मत सुरक्षित रहे पनि अधिकारीलाई स्वतन्त्र समूहका र प्रेस युनियनको मत निर्णायक बनेको हो ।

    यसैगरी, सहसचिवमा चौतारी प्यानलका आनन्द पोखरेलले १२३ मतसहित बाजी मारे । उनले ५ मतले लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका टीकादत्त तिमिल्सिनालाई हराएका हुन् । उनले ११८ मत प्राप्त गरे । चुनावी गठबन्धनमा जित सुनिश्चित भइसकेका तिमिल्सिनालाई हराउन युनियनका राजु सापकोटा लागिपरेका थिए । उनले उक्त पदमा बागी उमेदवारी दिएर मतदानको मध्यान्तरमा उमेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । सापकोटाले २१ मत ल्याए । यद्यपि प्रेस युनियनले उनलाई अनुशासनको कारबाही गरिसकेको छ ।

    यस्तै, समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका उर्गेन तामाङ विजयी भए । उनले १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी चौतारी प्यानलका अमिर रामदामले १०१ मत प्राप्त गरे ।

    यसैगरी, कोषाध्यक्षमा समावेशी सहसचिवमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाटै राजेन्द्र आचार्य निर्वाचित भए । आचार्यले १०६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौतारी प्यानलका गोविन्द घिमिरेले १०२ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उमेदवार राजेश घिमिरेले ५७ मत प्राप्त गरे ।

    यसैगरी महिला सदस्यमा शोभा पुडासैनी १५६, दलित महिला सदस्यमा एलिना पोखरेल प्रिति १४८ र आदिवासी जनजाति सदस्यमा तुलमान गुरूङ अत्यधिक १७८ मतका साथ निर्वाचित भए । तीनै जना लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलका हुन् ।

    यस्तै, खुल्ला सदस्यहरुमा अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विकास पौडेल, समीक्षा पुरी, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र विप्लव काफ्ले विजयी भए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.