चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न,मतगणना केही बेरमा शुरु हुदै
न्युजभित्तो/२५ चैत्र २०७७, बुधबार १८:५६
चितवन,२५ चैत । चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि एकैपटक आज भएको मतदान सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा बिहान ९ बजे देखी शुरु भएको मतदान साझ ५ : ३० बजे सम्पन्न भएको हो ।
२७४ मतदाता रहेको चितवनमा २६६ मत खसेको छ । मतगणनाको लागि मतपेटिका पत्रकार महासंघमा लगिएको छ भने मतगणना केही बेरमा शुरु हुने छ ।
चितवनमा अध्यक्ष पदका लागि तीन जनाको घम्सा घम्सी परेको छ ।कस्ले बाजी मार्ला भन्न सक्ने अवस्था छैन । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी (नेपाल समूह) बाट नारायण प्रसाद अधिकारी, प्रेस चौतारीका तर्फबाट तिलक रिमाल र स्वतन्त्रबाट पत्रकार सुर्यप्रकाश कँडेल अध्यक्ष पदका लागि भिडेका छन् ।
त्यस्तै उपाध्यक्षका लागि पनि तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि युनियन, संगठन र चौतारी (नेपाल समूह) बाट प्रकाशमणी ज्ञवाली, चौतारीबाट रामकान्त पौडेल र पत्रकार बिनोदबाबु रिजालको उम्मेदवारी रहेको छ ।
महिला उपाध्यक्षमा प्रमिता ढकाल र शान्ता अधिकारी, सचिवमा अनिल ढकाल र दीपेन्द्र अधिकारी, सह सचिव खुल्लामा टिकादत्त तिमल्सिना, आनन्द पोख्रेल र राजु सापकोटा सह सचिव समावेशीमा उर्गेन तामाङ र अमिर रामदाम कोषाध्यक्षमा राजेन्द्र आचार्य र गोबिन्द घिमिरे र राजेश घिमिरेको उम्मेदवारी रहेको छ ।