सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिममा माधव समूहको बैठक, एमालेको तत्कालीन कमिटीलाई नै सक्रिय बनाउने


  •    न्युजभित्तो/२३ चैत्र २०७७, सोमबार १४:०६ 
  • कैलाली २३ चैत । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक बसेको छ । नेता भीम रावलको नेतृत्वमा सोमबार प्रदेश पार्टी कार्यालय बैठक बसेको हो ।

    बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगायत उपस्थित छन् ।

    प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि छन् ।

    एमालेलाई बलियो बनाउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको प्रदेश कमिटी सदस्य दिनेशचन्द्र सुवेदीले बताए ।

    एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक आह्वान गरिएको भनिएको छ ।

    ‘प्रधानमन्त्री ओलीले एकपक्षीय रूपमा गरेको कारबाहीलाई हामी मान्दैनौँ’ प्रदेश कमिटिका एक सदस्यले भने ‘अधिवेशन र महाधिवेसबाट आएका सदस्य र पदाधिकारी नै आधिकारिक हुन् ।’

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई अहिले ६ महिनाको लागि निलम्बन गरेका छन् ।

    सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई २८ फागुनमा हटाएर लेखराज भट्टलाई सो जिम्मेवारी दिएका थिए । सोमबारको बैठकमा कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरूको पनि उपस्थिति छ ।

    उनीहरूले २८ फागुनको निर्णय समेत नमान्ने बताउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.