सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार २०:२९ 
  • चितवन, २२ चैत । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो ।

    विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हाउसले कोरोनाको विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व बहन गर्न विचलित नभएको भन्दै खुशी व्यक्त गर्नुभयो । अहिलेको राजनीतिक अस्थिरताको बारेमा बोल्दै देउवाले जनताले चाहे मात्र काँग्रेस सरकारमा जाने बताउनुभयो । ‘सत्ताभन्दा ठुलो पार्टी हो । पार्टीभन्दा ठुलो जनता हुन्, निर्णायक अवस्थामा मात्र काँग्रेस सरकारमा जान्छ ।’ उहाँले भन्नुभयो । मिडिया हाउसले पत्रकारिताको धर्म निर्वाहको साथसाथै समाजका लागि बहुआयामिक काम गरेकोमा लक्की मिडीया हाउसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

    सो अवसरमा बोल्दै बिशिष्ट अतिथि प्रदेश सांसद मिलनबाबु श्रेष्ठले लक्की मिडिया हाउसले मोफसलमा रहेर नागरिकलाई सुसुचित गर्दै निरन्तर भित्तेपात्रो प्रकाशन गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

    आगामी दिनमा पनि मिडिया हाउसले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले कोरोनाका कारण हरेक क्षेत्र तहसनहस भएसँगै मिडिया क्षेत्र पनि यसबाट अछुतो नरहेको बताउनुभयो । यस्तो महामारीको समयमा पनि मिडिया हाउसले नागरिकको सुसुचित हुने अधिकारलाई शिरोपर गर्दै कर्तव्यपथबाट विचलित नभएको उहाँले बताउनुभयो । मिडिया हाउसको स्थापनादेखिनै भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै कार्कीले यसलाई निरन्तरता दिन सहयोग पुर्‍याउने सबै प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कलाकार, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रामजी कुँवरले गर्नुभएको थियो ।

    स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले विभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रम र अवाड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.