सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बरामा प्रदेशकै पहिलो दलित विद्यालय शिलान्यास


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १६:१५ 
  • जनकपुरधाम २२ चैत । प्रदेश २ को बारामा पहिलो दलित विद्यालय सञ्चालनमा आउने भएको छ । बिश्रामपुर गाउँपालिका–५ इटिहाईमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित विद्यालयको शिलान्यास गरेका हुन् ।

    बाराको क्षेत्र नम्वर ४ ‘ख’बाट निर्वाचित मन्त्री सोनलले आफ्नो संसदीय विकास कोषको २५ लाख रुपैयाँ दलित विद्यालय भवन निर्माणका लागि छुट्याएका छन् । सोही रकमबाट विद्यालयको भवन निर्माण सुरु भएको छ । तत्काल शौचालयसहित तीन कोठे भवन निर्माण हुने बताइएको छ ।

    विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै मन्त्री सोनलले दलित समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउन विद्यालय निर्माण गर्न लागिएको बताए । उनले दलितलाई शिक्षामा पहुँच पुर्याउन शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । दलितलाई आर्थिक, सामाजिक एवम् शैक्षिक रुपमा उकास्नुपर्ने उनको भनाइ छ ।

    शिलान्यास समारोहमा जसपाका केन्द्रीय सदस्य सञ्जय पाण्डे, क्षेत्र नम्बर ४ ‘ख’का अध्यक्ष मदन कुमार, जसपा विश्रामपुर गाउँपालिका संयोजक मो। जुबेर लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.