सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियुमा सर्यो एमालेको कारबाही,अध्यक्ष महरद्वारा तीन नेतासँग २४ घण्टे स्पष्टिकरण


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १६:०९ 
  • काठमाडौं, २२ चैत  । एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले समानान्तर कमिटी बनाउने तीनजना नेतालाई कारबाही प्रक्रिया सुरु गरेको छ ।पार्टीले माधव नेपाल पक्षमाथि थालेकै शैलीमा अखिलले पनि स्पष्टीकरण मागेर कारबाही थालेको हो ।

    अखिल अध्यक्ष ऐन महरले आइतबार निवर्तमान सचिव सुदेश पराजुली,वसिम आलम र आरती लामालाई स्पष्टीकरण मागेको हो । हालै सम्पन्न माधव नेपाल पक्षीय भेलाले पराजुली अध्यक्ष,आलम सहअध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो ।

    अध्यक्ष महरले २४ घण्टे स्पष्टिकरण माग्दै निर्धारित अवधिमा कुनै प्रतिक्रिया प्राप्त नभएमा विधान बमोजिम कारवाही गर्ने चेतावनी दिएका छन्। महरले संगठनको नाम र झण्डाको दुरुपयोग गरी कथित राष्ट्रिय भेला किन गरेको भन्ने प्रश्न उठाएका छन् ।

    चैत्र १५ गते नै ती दिनभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको भन्दै यो नै अन्तिम मौका भएको अध्यक्ष महरको चेतावनी छ ।

      

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.