सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेका ओलीले फूर्ति नलाए हुन्छ : एमाले नेता नेपाल


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १४:५८ 
  • काठमाडौं, २२ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे ।

    ‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो र उनले ल्याएर आएका हौं र’ उनले भने ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं ।’

    नेता नेपालले प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको आधारमा फूर्ति लगाइरहेको भन्दै भने ‘त्यो फूर्तिको काम छैन।’पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताएका छन् । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको बताएका छन् ।

    ‘संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ उनले भने । नवौं महाधिवेशनबाट निर्वाचित १५ पदाधिकारीमध्ये १० जना आफूहरुतर्फ र ५ जना अध्यक्ष ओलीको पक्षमा रहेको नेता नेपालले बताए ।

    २२ स्थायी कमिटी सदस्य मध्ये आफूहरुतर्फ १२ र अध्यक्ष ओलीतर्फ १० जना, पोलिट्ब्युरो कमिटीका ४४ मध्ये आफूहरुतर्फ २४ र ओलीतर्फ २०, केन्द्रीय कमिटीमा ओलीतर्फ ९२ र आफूहरुतर्फ ९७ जना रहेको नेता नेपालले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.