सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा एमालेको सरकार बनाउने तयारी,दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १४:३५ 
  • सुर्खेत २२ चैत ।   नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक सुर्खेतमा शुरु भएको छ । साबिक नेकपा विभाजनपछि केपी ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरु एमाले ब्युँतिएपछि पहिलो पटक एकै बैठकमा सहभागी भएका छन् ।

    दलका नेता यमलाल कँडेल र प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला अलग अलग गुटको नेतृत्व गर्छन् । संस्थापन पक्षका नेता कडेलले बोलाएको बैठकमा ज्वालासहित माधव नेपाल पक्षका सबै सांसद सहभागी छन् ।

    २० सदस्यीय प्रदेशसभा संसदीय दलमा सभामुख बाहेक १९ जना सदस्य बैठकमा सहभागी रहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए । १९ मध्ये ९ जना ज्वाला पक्षका छन् । यसअघि कडेलले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी प्रदेश प्रमुखलाई दिइसकेको थियो ।

    तर प्रकाश ज्वाला पक्षले भने आफूहरु सरकारको समर्थनमै रहेको बताएको थियो । प्रदेश प्रमुख गोविन्द कलौनीले सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने वा एमालेले अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भइरहेको छ ।

    एमाले कर्णाली प्रदेश सहइन्चार्ज समेत रहेका प्रमुख सचेतक शाहले एमालेको नेतृत्वको एकल सरकार गठनबारे आजको बैठकमा छलफल हुने नेपालप्रेसलाई बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.