माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं
न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १४:२४
काठमाडौं २२ चैत । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् ।
काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गरे ।
नेपालले भने–कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।
केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए ।