सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १३:४४ 
  • बाँके २२ चैत । बाँकेको नरैनापुरमा भिषण आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर पुर्णरुपमा नष्ट भएका छन् । बाँकेको नरैनापुरमा गाउँपालिका–४ खोदाँवामा शनिबार अपराह्न आगलागी हुँदा झण्डै १ सयभन्दा बढी घर जलेर नष्ट भएको हो ।

    आगलागीमा परेर सोही गाउँका मिश्रीलाल पासी र उनको श्रीमतीसहित तीन जना घाइते भएको बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँले विभिन्न ठाउँबाट आगलागी नियन्त्रणका लागि ५ वटा दमकलको प्रयोग गरिएको जानकारी दिंदै प्रजिअ कुरुम्वाङले घरबार विहीनहरुलाई टेन्टमा बासको व्यवस्थापन मिलाइरहेको बताउनुभयो ।

    आगलागी हुने बित्तिकै नरैनापुरको एउटा र नेपालगन्जका दुई वटा दमकल पुगेका थिए । थप एम्बुलेन्स पनि व्यवस्था मिलाएर आगो नियन्त्रणमा ल्याइएको उहाँले बताउनुभयो ।

    शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो राति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.