सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव पक्षलाई पीएस गुरुङको प्रश्न– सूर्य र एमाले आइसक्यो, अब भागेर कहाँ जाने ?


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १२:१५ 
  • पोखरा , २२ चैत । पार्टी हितविपरित गतिविधि गरेको र सोधेको स्पष्टीकरणसमेत उचित नदिएको भन्दै नेकपा एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपमहासचिव घनश्याम भुसालसहित ४ जना नेता कारबाहीमा परिसकेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरेका छन् ।

    पार्टीबाटै कारबाहीमा परेपछि नेपाल पक्षले शनिबारमात्रै देशव्यापी संगठन निर्माण गर्ने अभियान घोषणा गरेको छ । २ महिनामा वडातहसम्मै आफू पक्षीय कमिटी गठन गर्ने घोषणापत्रमा उल्लेख छ ।

    त्यसअघि बिहीबारमात्रै गण्डकी प्रदेशमा नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी गठन गरेको थियो । नेता नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको अगुवा कार्यकर्ता भेलाले ७५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको थियो । जसको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली चुनिएका थिए । सोही दिनको भेलाले प्रदेशस्तरीय समानान्तर कमिटी बनायो । जसको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेछन् । सोही भेलाले गण्डकीको १० जिल्लामा आफू पक्षीय नेतृत्वमा जिम्मेवारी पनि बाँडफाँड गरेको थियो ।

    केन्द्रमा समानान्तर गतिबिधि गर्ने माधव नेपाल लगायतकालाई नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रक्रिया अघि बढाइरहेका छन् । तर, कारवाही पछि पहिलो प्रदेशस्तरीय समानान्तर कमिटी गठन गण्डकीमै गरेका नेपाल पक्षलाई भने आफू कारबाही नगर्ने मुडमा मुख्यमन्त्री तथा पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ छन् । ‘यो पार्टीका लागि अत्यन्तै हानिकारक काम हो । पार्टीको विधिविधानले पार्टीविरुद्ध अर्को पार्टी गठन गर्दै हिँड् भन्छ र ?’ नेकपा एमाले गण्डकी इन्चार्ज तथा मुख्यमन्त्री गुरुङले नेपाल प्रेससँग भने, ‘… कारबाही गर्दिनँ । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छु ।’

    नेपाल समूहमा लागेर केही नहुने र बरु कार्यकर्ताको विचल्लीमात्रै हुने भएकाले संस्थापन पक्षमै आउन गुरुङले आग्रहसमेत गरे । ‘सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुप¥यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं,’ उनले भने । यहि परिप्रेक्षमा एमाले गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री गुरुङसँग गरिएको कुराकानी नेपाल टकमा ।

    तुलनात्मक रुपमा हेर्दा गण्डकी प्रदेश तपाईंहरुको राम्रो प्रभाव छ । यही प्रदेशमा आएर नेपाल पक्षले प्रदेशस्तरीय समानान्तर कमिटी नै बनायो । यसलाई कसरी हेर्नु भएको छ ?
    समानान्तर कमिटी गठन गर्दै हिँड्ने पार्टीका लागि यो अत्यन्त गलत र हानिकारक काम हो । किनकी पार्टीका विधि, विधानले पार्टीकै विरुद्ध अर्को पार्टी गठन गर्दै हिँड्, त्यस्तो भन्छ र ?

    उहाँले यो काम कसको इशारामा गर्नुभाछ ? किन गर्नुभाछ ? कमिटीको बैठक बोलाउँदा नआउने, अर्को मिटिङ गर्दै बस्ने, समानान्तर कमिटी गठन गर्दै बस्ने ? यसले नेपाल कम्युनिस्ट पार्टी एमालेलाई नै कमजोर बनाउने काम गर्छ । यसले धेरै कार्यकर्ताको विचल्ली पनि बनाउनुहुन्छ उहाँहरुले ।

    गण्डकीबाट प्रदेशस्तरीय कमिटी गठन सुरु गर्नु भएको छ । कारबाही प्रक्रिया केही हुन्छ ?
    म त अहिले कारबाही गर्दिनँ । मलाई के विश्वास छ भने उहाँहरुको समानान्तर कमिटीमा बसेर पनि कसलाई के हुने हो र ? त्यसकारण सबै साथीहरुलाई, बसिहाल्नु भएको छ भने छाडेर आउनुपर्‍यो भन्छु । हाम्रोमा कुनै प्रकारको भेदभाव, अन्याय, अत्याचार गरिँदैन । योग्यताअनुसारको काम दिन्छौं ।

    हामीले हिजै निर्णय गरेका छौं । पार्टी एकता हुनेबेलामा एमालेको जुन कमिटी थियो, त्यही कमिटी पुनस्र्थापित गर्छाैं, काम अघि बढाउँछौं भनेका थियौं । यसबीचमा विभिन्न पार्टीबाट आएका व्यक्तिहरुलाई पनि थप्नु छ, थप्छौं । तर, मुख्य आधार भनेको पहिलेकै प्रदेश कमिटी, जिल्ला कमिटी, नगर, गाउँ कमिटीहरु त्यही अनुसार नै हुन्छन् ।

    सम्भवतः अध्यक्ष र सचिवहरु पहिले जो थिए, तिनैलाई पुनस्र्थापित गर्छौं । अब हामी बस्दैबस्दैनौं भन्नेलाई त के भनौं र ? मिटिङ राख्न भन्छौं । त्यसमा पनि पहिलो पटक आएन, दोस्रो पटक आएन, तेस्रो पटक भने विधानतः पदबाट हटाउने हो । तर, पार्टीबाटै हटाउँदैनौं ।

    भनेपछि आफूइतर गतिविधि गर्नेलाई तपाईं कारबाहीको मुडमा हुनुहुन्न ?
    होइन म त कारबाही गर्दिनँ । कारबाही गर्ला र भागौंला भन्ने सोच राख्नु भएको होला ! म साथीहरुलाई भागेर जाने स्थिति नै बनाउँदिन नि । पार्टीमै समेटेर टिम निर्माण गर्छु । सँगै लिएर जान्छौं । अरु प्रदेशमा के भएको छ म जान्दिनँ । मेरो प्रदेशमा पार्टीलाई नोक्सान नहोस् भनेर, आन्दोलनलाई नोक्सान नहोस् भनेर अघि बढ्छु ।

    साथीहरुले खोजेकै सूर्य चिन्ह थियो, नेकपा एमाले थियो । अहिले दुवै चिज प्राप्त भइसकेको छ । व्यक्ति, व्यक्तिबीचको लडाइँ छोड्नुपर्छ । यो हाम्रो आन्दोलनका लागि हुँदैन । त्यो परिवर्तनका लागि हुँदैन, व्यक्तिका लागि हुन्छ ।

    व्यक्तिका लागि त हामीले हिजो पञ्चायतमा लडिसक्यौं नि ! आज आएर किन गर्नुपर्‍यो र ? सबैले पार्टीको पक्षमा, क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा लाग्नुपर्छ । नेपाल र नेपाली जनतको पक्षमा लाग्नुपर्छ भन्ने म ठान्छु ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.