सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम डिलर्स एशोसियसनको नेतृत्वमा प्रधान निर्वाचित


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार ११:२४ 
  • काठमाडौँ, २२ चैत । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित हुनुभएको छ । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

    कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गर्नुभएको थियो । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन श्रेष्ठसहितको प्यालनलाई हराउँदै प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो । प्रधान हाल (निर्वाचनअघि) एशोसिएशनको अध्यक्ष हुनुहुन्छ । वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्षमा विनोदकुमार चौरसिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार विडला, सचिवमा हिमाल गैरे र सहसचिवमा श्यामकुमार बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको हो ।

    यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया निर्वाचित हुनुभएको एशोसिएशनले जनाएको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी तीन पदका लागि मतदान भएको थियो । यस्तै कार्यकारी सदस्य (नेपालभरबाट) मा भूपालराज कटुवाल, बाबुराम जमरकट्टेल, चन्दनकृष्ण श्रेष्ठ, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, गोकर्णराज खड्का, हरिराम कसौधन र ईश्वर लामा निर्वाचित हुनुभएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.