सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार ११:०१ 
  • पर्वत, २२ चैत ।  पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

    पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए । जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ ।

    कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रणउन्मुख भएपछि विद्यालय पुनःनिर्माणले गति लिएको बताउनुभयो । कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने जानकारी दिनुभएको छ । आगामी पुससम्ममा सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने बाध्यता छ ।

    पुनःनिर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि नथपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताउनुभयो । जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुनःनिर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.