सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रारा आउने पर्यटक बढे


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १०:५२ 
  • खलङ्गा, २२ चैत । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो ।

    नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ । नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताउनुभयो ।

    “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्, पर्यटक बढेपछि बासको समस्या हुन थालेको छ ।” रारा वरिपरि दुई पर्यटकीय होटलसहित माझघट्ट घरवास सञ्चालन भए पनि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्न आएका नेपालगञ्जका रवीन दाहालले बताउनुभयो ।

    रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झ्यारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासी भक्त रोकायाले बताउनुभयो । नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारा घुम्न आउने पर्यटक सङ्ख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको आठ महिनामा चार हजार ४०९ आन्तरिक तथा बाह्य पर्यटकले रारातालको अवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये सात विदेशी पर्यटक रहेका छन्, बाँकी नेपाली पर्यटक छन् ।

    ” नेपालमा कोरोना सङ्क्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागमन कम भएको सूचना अधिकारीले रोकायाले बताउनुभयो । उहाँका अनुसार कोभिडपछि बाह्य पर्यटकभन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको छ । उहाँले भन्नुभयो, “चैत महिना शुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ ।” दैनिक १५० भन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा रु १० लाख १३ हजार ७८० राजश्व सङ्कलन गरेको छ ।

    विगतका तुलनामा बाह्य पर्यटकको आगमन घटेपछि राजश्व सङ्कलन पनि घटेको निकुञ्जले जनाएको छ । रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । मुगुमा नियमित दुई÷तीन उडान भर्ने भएकाले हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाईमार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.