सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १०:४६ 
  • कञ्चनपुर, २२ चैत । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।

    पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भन्नुभयो, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् ।

    ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला केही गर्नुपर्छ भन्ने भावनाअनुरूप ड्रागनखेतीमा संलग्न भएको महताले बताउनुभयो । ड्रागनखेती गरिएको फार्ममा चार जनाले प्रत्यक्षरूपमा रोजगारी पाएका छन । उहाँका अनुसार फल लाग्दासम्म ५० जनालाई र फल बजारमा बेच्न तयार भएपछि ३०० जनालाई रोजगारी दिने योजना रहेको छ । ड्रागनखेतीका लागि रु ५० लाख सेयर सदस्यबाट र अन्य रकम बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गरिएको छ ।

    “शुरुआतमा धेरै लगानी लागे पनि त्यसको प्रतिफल पाइन्छ”, प्रालिका अध्यक्ष पूर्व वन अधिकृत चन्दले भन्नुभयो, “दुई वर्षभित्रै लगानी गरिएको रकम ड्रागनखेतीबाटै उठाउने लक्ष्य लिएका छौँ”, ड्रागनखेती अवलोकनका लागि सोही क्षेत्रमा ‘भ्यूटावर’समेत निर्माण गरिएको छ । सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । हालसम्म ३०० भन्दा बढी जनाले ड्रागनखेतीको अवलोकन गरेका छन् । स्वास्थ्यबद्र्धक मानिएको ड्रागनबाट धेरै फाइदा हुने बताइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.