सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह:नेता बाँनिया


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार १६:०९ 
  • चितवन २१ चैत्र ।  नेपाली काग्रेस बागमती प्रदेश संसदिय दलका नेता इन्द्र बाँनिया ले देश निमार्णमा सञ्चार क्षेत्रको भुमिका अहम हुने बताउदै भ्रमको खेती नगर्न आग्रह गर्नुभएको छ । प्रोफेसनल मिडिया ग्रुपले आयोजना शनिबार सिजी ल्याण्डमार्कमा गरेको पुरस्कार बितरण तथा डिजिटल डिस्प्ले बोर्ड उद्घाटन समारोहमा बोल्दै उँहाले यस्तो धारणा ब्यक्त गर्नुभयो ।

    उहाँले फरक प्रसंगमा बोल्दै देशमा राजनितिक अबस्था नाजुक हुदै गएको समयमा सरकार सञ्चालनमा रहेका दलहरु एक आपसमा लड्नु देशका लागी घातक रहेको उल्लेख गर्नुभयो । देशमा गरिखाने बर्ग र गरिबका छोराछोरी कोरोनाको प्रकोपले अस्तब्यस्त हुदै गर्दा नेपालका प्रमुख राजनितिक दलका शिर्ष नेताहरु आफ्नो भाग खान अबसरबादी बनेर हिडेको आरोप लगाउनुभयो ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै भरतपुर महानगरपालीका उपप्र्रमुख पार्बती शाह ठकुरीले मोफसलका मिडियाले स्थानिय बिषयबस्तुलाई प्राथकिमतामा राखेर कार्यक्रम र सूचना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले कोरोना माहामारीको समयमा समेत रेडियोले खेलेको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

    कार्यक्रममा अनलाईन तीज गीत प्रतियोगितामा उत्कृष्ट ५ टिमलाई पुरस्कार बितरण गरिएको थियो । प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष तथा रेडियो भरतपुर १०५.२ मेगाहर्ज का प्रबन्ध निर्देशक नविनराज पौडेलले मिडियाले गर्नुपर्ने आफ्नो दायित्व बोध गरेको बताउदै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने कुरामा कुनै कसुर बाकी नराख्ने बताउनु भयो । उहाँले सिजि ल्याण्डमार्कमा डिजिटल डिस्प्ले बोर्ड राख्न सफल भएको बताउदै ब्याबसायको प्रर्बद्धन गर्ने मुख्य उद्धेश्य रहेको बताउनुभयो ।

    चितवन नवलपुर लगाएतका जिल्लाहरुमा होर्डिङ्ग बोर्डबाट ब्याबसाय प्रर्बद्धनमा आफ्नो नाम स्थापित गराईसकेको प्रोफेसनल मिडिया ग्रुपले डिजिटल प्रबिधिको सदुपयोग गर्दै करिब ५० लाखको लागतमा सिजी ल्याण्डमार्कमा उत्कृष्ट क्वालिटिको डिस्प्ले राख्न सफल भएको हो ।

    कार्यक्रममा नेपाली काग्रेस चितवनका सचिब राजिब न्यौपाने , भरतपुर महानगरपालीका ४ का वडा अध्यक्ष हरी आचार्य , सेन्ट्रल कलेजका प्रिन्सीपल वाई.बि पौडेल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य सिजी ल्याण्डमार्क भरतपुर का मल म्यानेजर उज्ज्वल केसीले गर्नुभएको थियो भने सहजिकरण सुरज पौडेलले गर्नुुुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.