सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदीय समितिहरुबाट विकास–निर्माणमा अवरोध भयोः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार १२:३७ 
  • काठमाडौं,  २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जारी विकास निर्माणका कामहरुमा अवरोध हुने गरी आदेश र निर्देशन नदिन संसदीय समितिहरुको ध्यानाकर्षण गराएका छन् । कतै भ्रष्टाचारका कुरा उठेमा त्यसको छानविन गर्न सकिने, तर काम नै रोक्ने गरी निर्देशन दिन नहुने उनको भनाइ छ ।

    देशभर निर्माण हुन लागेका १ सय २५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैले गल्ति गरेको छ भने दोषअनुसार दण्डको भागी हुन्छ । तर विकास–निर्माणको काममा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पुर्‍याउँछ । यस्तो शैलीले विकास प्रभावित हुन्छ ।’

    संसदीय समितिहरुले आफ्नो क्षेत्राधिकारलाई पनि ध्यान दिनुपर्ने ओलीले बताए ।

    उनले भने, ‘अन्दाधुन्द ढंगले एउटा समितिले बोलाएको छ, छानविन गर्न आदेश दिएको छ । अर्कोले बोलाएको छ, काम रोक्न आदेश दिएको छ । अनेक समितिले छानविन गर्न र काम रोक्न आदेश दिँदा अर्थतन्त्रमा असर के हुन्छ ? यदि त्यहाँ अनियमितता भएको छ भने वा त्यस्तो लाग्छ भने सम्बन्धित ठाउँलाई हेर्नु भनेर लेखदिए हुन्छ । अरबौंको आयोजना रोक्दा त्यसले पार्ने असर हेर्नुपर्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.