सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार १२:०४ 
  • तनहुँ, २१ माघ ।  बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।

    गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् ।

    वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताउनुभयो । कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उहाँले बताउनुभयो । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताउनुभयो ।

    डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताका घरबास रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । आगामी वैशाख १ गतेदेखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको घरबास सञ्चालकले जनाएका छन् । गाउँगाउँमा घरबास सञ्चालन गर्न थालेपछि महिला व्यस्त हुने र पुरुष बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक काममा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको घरबासकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.