सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार ११:२१ 
  • त्रिशूली, २१ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट तर्जुमा गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको जनाइएको छ ।

    बेलकोटगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बद्रीप्रसाद शर्माका अनुसार चालु आवको लागि कम्तीमा ३० स्वयंसेवक शिक्षक नियुक्त गर्न बजेट सुनिश्चित भइसकेकाले कार्यपालिका बैठकबाट निर्णय गराई भर्ना प्रक्रिया अघि बढाउन लागिएको हो । नगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएको तर शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था मिलाउन रु ६२ लाख बजेट छुट्टाएको थियो ।

    उक्त बजेटमार्फत कम्तीमा ३० शिक्षक नियुक्त गर्न आवश्यक कानूनी कार्यविधिलगायतका तयारी सम्पन्न भइसकेकाको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । “नियुक्त गर्न लागिएका शिक्षकको लागि प्राविलाई रु १५ हजार, निमाविलाई रु २० हजार र मावि तहको लागि रु २५ हजार तलब दिइनेछ”, उहाँले भन्नुभयो, “नियुक्ति पाएकाले एक वर्ष अध्यापन गराए पनि चाडपर्व भत्ताबापत थप एक महिनाको तलबसमेत उपलब्ध गराइने भएकाले १३ महिनाको सुविधा पाउने छन् ।”

    अहिले नियुक्त भएका शिक्षकको लागि यो आवमा बजेट सुनिश्चित भइसकेको छ भने नियमितरुपमा नगरपालिकाले स्वयंसेवक शिक्षक राख्न थप बजेट नगरपरिषद्मार्फत गरिने नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभयो । नगरपालिकामा हाल १९ माविसहित प्रावि र निमावी (आधारभूत विद्यालय) ३४ गरेर कूल ५३ सामुदायिक विद्यालय छन् ।

    भूकम्पको समयमा प्रभावित भएका सामुदायिक विद्यालयको अध्ययन सुधारका लागि अधिकांश विद्यालयमा पुनःनिर्माणअन्तर्गत सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको छ भने बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम, अङ्ग्रेजी माध्यमबाट अध्यापन, भर्चुअल कक्षा, विद्यालयमा नर्समार्फत विद्यार्थीलाई स्वास्थ्य शिक्षा र हेरचाह, विद्यालयको लागि यातायातको सुविधालगायतको व्यवस्था नगरपालिकाले मिलाइ कोरोनाले प्रभावित भएको शैक्षिक गतिविधिलाई पुरानै लयमा फर्काउन सफल हुँदै गएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.