सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएकालाई बाख्रा वितरण


  •    न्युजभित्तो/२० चैत्र २०७७, शुक्रबार १६:२५ 
  • डोटी २० चैत ।  यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो ।

    बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपाङ्गता भएका व्यक्तिलाई जनही एक÷एकवटा बाख्रा वितरण गरेको हो ।

    अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अपाङ्गता भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.