सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन


  •    न्युजभित्तो/२० चैत्र २०७७, शुक्रबार ११:३० 
  • कञ्चनपुर, २० चैत । खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

    समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लालबहादुर बम, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् । “नेपाल–भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचबिखनको उच्च जोखिम छ”, नगर प्रमुख सुनारले भन्नुभयो, “यसलाई नियन्त्रण गर्नका लागि नवगठित समितले सघाउ पु¥याउने छ ।” मानव बेचबिखन नियन्त्रण र जनचेतना सँगसँगै लैजानुपर्ने उहाँको भनाइ छ ।

    अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउँदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.