सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पानी नपर्दा तरकारी किसान चिन्तित


  •    न्युजभित्तो/२० चैत्र २०७७, शुक्रबार १०:१३ 
  • महोत्तरी, २० चैत ।   होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।

    होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट र बेला (लहरा) सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।

    “खेत बारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, रामतोरई, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानीबेगर सुकिरहेका छन्, पानी पर्दैन, इनार धमाधम सुके…अब के गराँै..?” जिल्लाको भङगाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले दनुवारले विरक्तिँदै भन्नुभयो, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?

    ” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो । यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्य सकिँदासम्म पानी नपर्दा वैशाखी तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ ।

    “नयाँ वर्ष सँगै लकडाउनको मार पर्यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भन्नुभयो, “गत वर्षको वैशाखी र बर्खे तरकारी बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।” जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्बर ठाउँ मानिन्छन् । त्यसैगरी मटिहानी नगरपालिकाका ढेकाहा, वर्दाहा, आवर र बलवा नगरपालिकाका धमौरा, रौजा बस्ती तरकारी उत्पादनमा उर्बर क्षेत्र मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले विरक्तिएका हुन् ।

    “बस्ती नजिकै जता हेर्यो, खोलाखोल्सी छन्”, बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा भन्नुहुन्छ, “तर खोलाखोल्सी सिंचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्नेमात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भन्नुभयो, “खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो ।” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर)को काम पनि सकिएको महतोको भनाइ छ ।

    स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार, चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आफूहरु बिलखबन्दमा परेको किसानको दुखेसो छ । जिल्लामा मौसमी÷बेमौसमी र वर्षभरिका विभिन्न याममा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । महोत्तरी जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करिब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ ।

    यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसान बताउँछन् । किसानको यो चिन्ताबीच प्रदेश–२ सरकारको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ । यसैगरी जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्माणको काम भइरहेको जनाएका छन् । यसैबीच मटिहानी नगरपालिकाले पनि सिँचाइ सुविधा विस्तारका लागि बोरिङ जडानको काम थालिएको जनाएको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.