सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशले बिखण्डनको बिकल्प खोजेको छ : बरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार १७:१४ 
  • चितवन, १९ चैत । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशले बिखण्डबादको बिकल्प खोजेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य स्व. नविन्द्रराज जोशीको सातौ दिनको पूण्यतिथिमा देवघाटमा आयोजीत अस्तु बिसर्जन एबं श्रद्धान्जली समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले देश बिखण्डको धारमा गएकाले यसको रक्षाका लागि बिकल्पको खाँचो रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “अहिले बिखण्डनको धारणा राख्नेहरुको बिकल्प दिएर अघि वढ्नुपर्छ ।” अहिले देशलाई, लोकतन्त्रलाई जोखिममा पार्ने र पहिचान, संस्कार मेटाउने काम भएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “देशमा अहिले अनिर्णयको कालो वादल छाईरहेको छ । लोकतन्त्रमाथी अनिष्ट हुने खतरा छ ।” अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अबस्थामा पुगेको उहाँको भनाई थियो । अहिलेका शासकहरुले लोकतान्त्रीक उपलव्धिलाई कहाँ पुयाउँछन र कुन खाल्डोमा हाल्छन् भन्ने चिन्ता आँफुमा रहेको उहाँले बताउनुभयो ।

    अहिले सबैतिर चिन्ता छाएको हुनाले सबै सजग भएर बिखण्डनको धारणा राख्नेहरुलाई बिकल्प दिनुपर्ने उहाँको जिकिर थियो । अहिले देशमा जोशी जस्ता योज्ञ र इमान्दार नेताको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जोशी एक योज्ञ र इमान्दार नेता हुनुहुन्थ्यो । अब यस्ता नेताको पदपुर्ती कसरी गर्ने ।” काङ्ग्रेसले एक कुशल नेता गुमाउनु परेकोमा दुःख लागेको पौडेलले बताउनुभयो । नेता जोशीले देश र जनतालाई आँफुभन्दा माथि राख्दै काम गरेको बताउँदै उहाँले जोशीको समर्पणलाई पुरा गर्नु काङ्ग्रेसको जिम्मेवारी रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, गलेश्वर आश्रमका पिठाधिश १००८ स्वामी आत्मानन्द गिरिजि महाराज, गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली, पूर्ब मन्त्री यज्ञ वहादुर थापा, तनहु काङ्ग्रेसका सभापति बैकुण्ठ न्यौपाने, नवलपुरका सभापति बिष्णु लामिछाने, गुल्मीका सभापति भुवन श्रेष्ठ, धादिङ्का सभापति रमेश धमला लगाएतले बोल्नु भएको थियो ।
    कार्यक्रम पश्चात नेपाली काङ्ग्रेसका बरिष्ठ नेता सहितको उपस्थितिमा स्व. जोशीको अस्तु उहाँका दाजु राजुराज जोशीले देवघाटको वेणी संगममा बिसर्जन गनुभएको छ । स्व. जोशीको आमाको चाहना अनुसार अस्तु देवघाटमा बिसर्जन गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.