सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढका होटलको अनुगमनमा यस्तो भेटियो


  •    /२७ जेष्ठ २०७६, सोमबार १७:५९ 
  • चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्सचोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ ।

    अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग गरेको पाइएको छ । खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्यधिक रङको प्रयोग गरेको पाइएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको व्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

    लायन्स चोकमा रहेको ट्रेन्स मःम कर्नर, एभरेष्ट मःम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

    अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरै दिनदेखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्टसमेत गरिएको काफ्लेले बताउनुभयो । निरीक्षण भएका सबै होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित मुख्य भान्सेलाई दुई दिनभित्र खाद्य निरीक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.