सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार १३:२२ 
  • काठमाडौं, १९ चैत । प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।

    मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो ।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिनुभयो । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्ति ९आइएफआर० बाट मात्रै उडान सञ्चालन भएको थियो ।

    आन्तरिक गन्तव्यमा केही सङ्ख्यामा मात्रै उडान भए ।
    बुधबार अपरान्हपछि काठमाडौँ उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो । विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्ध हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौँसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताउनुभयो ।
    बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् ।

    अन्तरराष्ट्रियतर्फ पनि थोरै सङ्ख्यामा उडान रद्ध र केही उडान अन्यन्त्र मोडिनु ‘डाइभर्ट’ भएका छन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकामा कोभिड–१९ सङ्क्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

    पश्चिमी वायु सक्रिय भएपछि बुधबार साँझदेखि काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ भने बाँकी भू–भागमा बदली नरहे तापनि तुवाँलो देखिएको छ ।

    काठमाडौँको आकासमा पनि सामान्य तुवाँलो देखिन्छ । आज देशका पहाडी भेगमा बदली हुनका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन, चट्टयाङगसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बुधबार काठमाडौँमा ९ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा २० र ओखलढुङ्गामा १७ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको न्यूनतम १३ दशमलव ६ र अधिकतम २६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.