सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठूलो दलको हैसियतमा संसदीय समिति सदस्य हेरफेर गरिदिन सभामुख समक्ष एमालेको आग्रह


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार १२:३९ 
  • काठमाडौं, १९ चैत । सर्वोच्चको फैसलापछि आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार संसदीय समितिका सदस्यहरु हेरफेर गरिदिन नेकपा (एमाले)ले सभामुखसँग आग्रह गरेको छ।

    एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसालपछि एमाले र माओवादी फरक–फरक दल भइसकेको भन्दै पछिल्लो हैसियतका आधारमा सदस्य निर्धारणका लागि सभामुखसँग आग्रह गरिएको जानकारी दिए।

    संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सदस्य संख्या र समानुपातिक प्रतिनिधित्वका आधारमा संसदीय समितिमा सदस्यको मनोनयन गर्नुपर्ने व्यवस्था संविधानमा छ। सदन भित्र विधेयक निर्माण र संसदीय समितिको कार्यक्षेत्रभित्र पर्ने विषयमा निर्णय गर्दा समिति सदस्यको संख्या मह्वपूर्ण हुन्छ।

    हाल राष्ट्रियसभाको अधिवेशन संचालन नभएकाले अहिले प्रतिनिधिसभाका विषयगत समितिका सदस्य मात्रै हेरफेरका लागि आग्रह गरिएको भट्टराईले बताए।

    प्रतिनिधिसभामा १०,राष्ट्रियसभामा ४ र दुई संयुक्त समिति गरि हाल १६ संसदीय समिति छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.