सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६२ जनाको ज्यान गएको विमान दुर्घटनाको जाँचमा ३ महिनापछि ठूलो सफलता


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार ११:४३ 
  • काठमाडौं, १९ चैत । ६२ जनाको ज्यान जानेगरी भएको श्रीविजय एयरको विमान दुर्घटनाको जाँचमा ठूलो सफलता प्राप्त भएको छ । गएको जनवरी ९ मा भएको दुर्घटनाको करिब ३ महिनापछि खोजकर्ताहरुले विमानको ककपिट भ्वाइस रेकर्डर प्राप्त गरेका छन् । यो रेकर्डर जाभाको समुद्रभित्र फेला पारिएको अल जजीराले जनाएको छ ।

    ९ जनवरीका दिन इण्डोनेसियाको जाकार्ताबाट उडेको केही समयमै बोइङ ७३७ विमान जाभा सागरमा दुर्घटना भएको थियो । अधिकारीहरुले बुधबार बताउअनुसार इण्डोनेसियाको नौसेनाले श्रीविजय एयर जेटको ककपिट भ्वाइस रेकर्डर फेला पारेका हुन् । यो रेकर्डरलाई राजधानी जाकार्ता लगिएको छ । जाकार्तामा यो रेकर्डर राष्ट्रिय परिवहन सुरक्षा समितिलाई सुम्पिएको छ । यो समितिले दुर्घटनाको जाँच गरिरहेको छ ।

    परिवहन मन्त्री बुदी कारिया सुमादीले बताएअनुसार नौसेनाका गोताखोरले बुधबार बिहान ८ बजेतिर रेकर्डर फेला पारेका हुन् । दुर्घटनाको तीन दिनपछि नै फ्लाइट डाटा रेकर्डर फेला परेको थियो । अब फेला परेको भ्वाइस रेकर्डरले जाँचकर्ताहरुलाई दुर्घटनाको समयमा ककपिटमा के भइरहेको थियो भन्ने जान्न सहयोग गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.