सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ बागमती प्रदेशमा प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार पोखरेल


  •    न्युजभित्तो/१९ चैत्र २०७७, बिहीबार ११:१२ 
  • चितवन, १९ चैत । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश अध्यक्षका लागि प्रगतिशिल व्यवसायिक पत्रकार एलाइन्सका तर्फबाट प्रेस चौतारी नेपालले आफ्नो उम्मेद्वार टुङगो लगाएको छ । आज सम्पन्न बैठकले अध्यक्षमा चितवनका पत्रकार हरि पोखरेललाई एलाइन्सका तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो । पोखरेल पत्रकार महासंघ चितवनको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । पत्रकार महासंघको निर्वाचनका लागि बागमती प्रदेशमा प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल र जनपत्रकार संगठनले गठबन्धन गरेका छन ।

    यस्तै उपाध्यक्षमा हरि हुमागाईँ (मकवानपुर) उपाध्यक्ष महिला संगीता आचार्य (चितवन), महासचिव केशव अधिकारी (धादिङ), सचिव दयाराम महत (काभ्रे), सचिव समावेशी जीवन लामा (दोलखा) र कोषाध्यक्ष रामचन्द्र नेपाल (सिन्धुपाल्चोक) उम्मेद्वार बन्ने टुङगो लागेको प्रेस चौतारी नेपाल बागमती प्रदेश सहसंयोजक शिशिर सिंखडाले जानकारी दिनुभयो ।

    बैठकले बागमती प्रदेश सदस्य खुल्लामा गोपी न्यौपाने (मकवानपुर), लक्ष्मण घिमिरे (सिन्धुली), प्रकाश सिग्देल (चितवन), विश्वास नेपाली (रसुवा), कृष्ण प्रसाद ढुङगाना (नुवाकोट), सदस्य महिलामा आरसी ढकाल (मकवानपुर), सुशिला अर्याल (धादिङ), क्रिजला पुलामी (सिन्धुली) सदस्य दलितमा प्रकाश सुन्दास (सिन्धुपाल्चोक), सदस्य आदिवासी जनजातिमा महेन्द्र श्रेष्ठ (दोलखा), र गिता गुरुङ (चितवन) लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.