सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्, नौ रुपैयाँ पर्ने बिरुवा ३० मा किन्ने तयारी


  •    /२७ जेष्ठ २०७६, सोमबार १६:५८ 
  • चितवन । डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् ।

    डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र हुर्किएका छन् । आपूर्ति समितिले एक लाख बिरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे कार्यक्रमसहित गरेर वन कार्यालयले तीन लाख ५० हजार बिरुवा हुर्काएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार राष्ट्रपति चुरे कार्यक्रमको बजेट स्थानीय तहमा गएको छ । एउटा बिरुवा हुर्काउन नौ रुपैयाँ खर्च हुने गर्दछ । त्यही बिरुवा किन्नु पर्दा ३० रुपैयाँ हाराहारी खर्च हुने पौडेलले बताउनुभयो ।

    वन कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार बिरुवा हुर्काउने बजेट स्थानीय तहमा गए पनि बिरुवा भने हुर्काइएको छैन । स्थानीय तहहरुबाट बिरुवा हुर्काइएको विवरण प्राप्त नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट स्थानीय तहमा गयो । बजेटको अभावमा हामीले बिरुवा कम मात्र हुर्कायौँ ।” स्थानीय तहले पनि नहुर्काएपछि बिरुवाको अभाव हुने पौडेलको भनाइ छ । स्थानीय तह भने बिरुवा खरीद गरेर वृक्षरोपणको तयारीमा रहेका छन् ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले यस वर्ष बिरुवा हुर्काउन नसकिएको बताउनुभयो । वडा नं ८ मा स्थान तय गरेको भए पनि यस वर्ष भने बिरुवा किन्ने तयारी गरेको उहाँको भनाइ छ । जिल्लामा हर्रो, बर्रो, अमला, कपूर, म्याङ्गो स्टिक, टाँकी, वडहर, रिठ्ठो, जामुन जस्ता बिरुवा हुर्काउने गरिन्छ ।

    सामुदायिक वन क्षेत्रमा हरेक वर्ष वृक्षरोपण गर्नुपर्ने हुन्छ । पौडेलले बिरुवाको अभावमा आवश्यक सङ्ख्यामा वृक्षरोपण हुन नसक्ने देखिएको बताउनुभयो । सर्वसाधारण र कृषक यसबाट बढी प्रभावित हुने पौडेलको भनाइ छ । हरेक बर्सातको समयमा विभिन्न ठाउँमा वृक्षरोपण गर्ने गरिन्छ ।

    जिल्लाको कुल क्षेत्रफलमध्ये एक लाख ४७ हजार ४९० हेक्टर वन क्षेत्र रहेको छ । जसमा निकुञ्ज, राष्ट्रिय वन, सामुदायिक वन र मध्यवर्ती क्षेत्र पर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.