सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीवाट हटाइयो


  •    न्युजभित्तो/१८ चैत्र २०७७, बुधबार १५:५४ 
  • पर्वत, १८ चैत । पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १०५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ ।

    तोकिएको समयभित्र निजी आवास ममर्तको लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने प्रवलीकरणका लाभग्राहीलाई सूचीबाट हटाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका अनुसार भूकम्पपीडितलाई पछिल्लो पटक २०७७ मङ्सिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो । जिल्लामा प्रवलीकरणका कूल लाभग्राहीको सङ्ख्या ३२५ रहेको छ । तीमध्ये २२० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता रु ५० हजार घर ममर्तको लागि लगेको नायब सुुब्बा बालकृष्ण शर्माले जानकारी दिनुभयो ।

    प्रवलीकरणको लाभग्राहीको सूचीबाट हटाएकामध्ये सबैभन्दा बढी फलेबास नगरपालिकाका रहेका छन् । फलेबास नगरपालिकाका ६१ लाभग्राही सूचीबाट हटेका छन् । त्यस्तै बिहादी गाउँपालिकाका २७, पैयूँ गाउँपालिकाका ७, कुश्मा नगरपालिकाका ५ महाशीला गाउँपालिकाका तीन तथा मोदी र जलजला गाउँपालिकाका एक एक लाभग्राही छन् ।

    घर ममर्त सम्पन्न गरी दोस्रो तथा अन्तिम किस्ताको लागि भने अहिलेसम्म कुनै सिफारिस नआएको शर्माले बताउनुभयो । “घर बनाउन आवश्यक नभएको तर लाभग्राही सूचीमा नाम निस्किएकाले सम्झौता नगरेको देखियो”, उहाँले भन्नुभयो ।

    प्रवलीकरणका लाभग्राहीले दुई किस्तामा रु ५०÷५० हजार गरी रु एक लाख पाउनेछन् । शर्माका अनुसार प्रवलीकरणका लाभग्राहीमध्ये पनि पुनःनिर्माणतर्फ परिवर्तन हुन चाहाने लाभग्रहाीको सङ्ख्या ३४८ रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.