सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको राप्ती नगरपालिकाबाट ९० किलो गाँजा बरामद, दुई महिनामै ३५० किलो गाँजा समातियो


  •    /२७ जेष्ठ २०७६, सोमबार ११:४२ 
  • चितवन । प्रहरीले पूर्वी चितवनबाट ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।

    प्रहरी निरीक्ष आचार्यले विशेष सुराकीका आधारमा ९० किलो गाँजा बरामद गरिएको बताउनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो ।

    इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैैशाखदेखि अहिलेसम्म ३ सय ५० किलो गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

    यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको थियो । प्रहरी निरीक्षक आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्करी हुने गरेको छ । विकट वस्तीका कारण प्रहरीको पहुँच कम हुने ती ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ ।

    प्रहरीले गाँजा फँडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । पछिल्लो समय स्थानीयले पनि खबर गरी प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान सार्थक बन्दै गएको प्रहरी निरीक्षक आचार्यको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.