चितवनको राप्ती नगरपालिकाबाट ९० किलो गाँजा बरामद, दुई महिनामै ३५० किलो गाँजा समातियो
/२७ जेष्ठ २०७६, सोमबार ११:४२
चितवन । प्रहरीले पूर्वी चितवनबाट ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।
प्रहरी निरीक्ष आचार्यले विशेष सुराकीका आधारमा ९० किलो गाँजा बरामद गरिएको बताउनुभयो । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा तस्करविरुद्धको अभियानलाई जारी राखेको छ । गएको वैैशाखदेखि अहिलेसम्म ३ सय ५० किलो गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।
यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा गाँजा भेटिएको थियो । प्रहरी निरीक्षक आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्करी हुने गरेको छ । विकट वस्तीका कारण प्रहरीको पहुँच कम हुने ती ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक आचार्यको भनाइ छ ।
प्रहरीले गाँजा फँडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ । पछिल्लो समय स्थानीयले पनि खबर गरी प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान सार्थक बन्दै गएको प्रहरी निरीक्षक आचार्यको भनाई छ ।