सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार गुरागाईंलाई


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १६:१८ 
  • काठमाडौँ, १७ चैत । रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा दर्जन बढी क्रियाशील पत्रकार सम्मानित भएका छन् । राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

    सो अवसरमा एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो ।

    ‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो । सो पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । त्यस्तै २५ हजार राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट ताजा खबर साप्ताहिकका सम्पादक इश्वरीप्रसाद वाग्ले, ‘सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार विनु सुवेदी, ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’बाट रिपोटर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानति हुनुभयो । ती पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

    यस्तै २० हजार राशिको ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ एविसी टेलिभिजनका पत्रकार अनन्त अनुरागलाई प्रदान गरियो ।

    ‘सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’बाट राससका उपसम्पादक एवम् अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी सम्मानित हुनुभयो । त्यस्तै ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकारबाट डिसी नेपालका सहसम्पादक मदन कोइराला, दामन पोस्ट साप्ताहिकका सम्पादक शान्तराम बिडाँरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, नेपाल पुकार टेलिभिजनका सम्पादक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामरा पर्सन देवानन्द शिल्पकार, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा, डेमोक्रेसी साप्ताहिकका सम्पादक गणेश खड्कालगायत सम्मानित हुनुभयो । ती पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

    कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले मुलकमा अस्थिरता निम्त्याउने खोज्ने प्रवृत्तिलाई परास्त गर्दै केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले अहिले सही दिशा समातेको बताउनुभयो । पत्रकारिता र राजनीति जनतासँग सम्बन्धित हुनुपर्नेमा जोड दिँदै उहाँले राजनीतिज्ञ र सञ्चार जगतले जनताको मनोविज्ञान बुझेर आफ्ना गतिविधिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । राजनीति र पत्रकारिता क्षेत्रमा विकृति र विसंगति देखिन थालेको भन्दै उहाँले जनतामा विश्वासको सङ्कट आउन नदिन सचेत बन्नुपर्ने बताउनुभयो ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनलाई निष्कर्षमा पु¥याउन सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । रिपोटर्स क्लबले आवाजविहीनको आवाजलाई मुखारित गरेको भन्दै उहाँले आगामी दिनमा जनताको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

    पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतासँग गरेको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउनुभयो । “अब नेपालीले अधिकारका लागि आन्दोलन गर्नु नपर्ने अवस्था आउँला भन्ने थियो”, उहाँले भन्नुभयो, “संघीय लोकतन्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, प्रेस स्वतन्त्रताको प्रत्याभूतिको मामलामा सरकार पछि हटेको छ ।”

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालको राजनीतिक परिवर्तनका यात्रामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । क्लबका अध्यक्ष ऋषि धमलाले मुलुकको विकास र समृद्धिको यात्रामा क्लबले सधैँ सरकारलाई सहयोग गर्दै आएको बताउनुभयो । पत्रकारिताको माध्यमबाट आफूले मुलुक र जनताको पक्षमा काम गर्दै आएको उहाँको भनाइ थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.